सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

हिमाल प्रेस २५ पुष २०८० १६:५३ | Wednesday, January 10, 2024
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय फाइल तस्बिर

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको एकल इजलासले सन्दीपलाई बलात्कार मुद्दामा बुधबार ८ वर्षको कैद सजाय तोकेको हो।

यसैगरी लामिछानेले पीडित गौशाला २६ लाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने छ। साथै लामिछानेले तीन लाख रुपैयाँ जरिबाना तिर्नुपर्ने फैसलासमेत अदालतले गरेको छ।

पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई  बुधबार सजाय तोकिएको हो।   उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरिएको थियो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ। अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ।

प्रकाशित: २५ पुष २०८० १६:५३ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast