विज्ञापन संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

हिमाल प्रेस २३ पुष २०८० १३:११
10
SHARES
विज्ञापन संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

काठमाडौँ– नेपाल विज्ञापन संघको २४औँ वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। सभाले सुदिप थापालाई अध्यक्षसहित १४ सदस्यीय कार्यसमिति चयन गरेको हो। कोषाध्यक्ष बाहेक सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन्।

संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्धितिय उपाध्यक्षमा पकंजलाल प्रधान र महासचिवमा कृष्णप्रसाद घिमिरे चयन भए। साजन श्रेष्ठ भने निर्वाचित भएर कोषाध्यक्ष बने।

त्यस्तै संघको आगामी तीन बर्से कार्यकालका लागि सन्तोष खड्का सचिव चयन भए। अरुणकाजी स्थापित, रोशन रेग्मी, सन्तोष सिलवाल, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिष अधिकारी र प्रभात रिमाल सदस्य चयन भएका छन्।

प्रकाशित: २३ पुष २०८० १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =