राष्ट्रपति बन्ने दाउमा नेम्बाङ

हिमाल प्रेस ८ पुष २०७९ १७:३५ | Friday, December 23, 2022
राष्ट्रपति बन्ने दाउमा नेम्बाङ सुवास नेम्बाङ। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङ राष्ट्रपति बन्ने प्रयासमा जुटेका छन्। सत्ता भागबण्डामा एमालेले राष्ट्रपति पाएमा त्यसमा उनले दाबी गर्ने तयारी गरेका हुन्।

नेम्बाङले सरकार गठनका लागि एमालेबाट विभिन्न दलसँग छलफल गरिरहेका छन्। उनले एमालेले राष्ट्रपति पाउनुपर्ने र त्यसका लागि आफू तयार रहेको बताउने गरेको नेताहरूले जानकारी दिए।
माओवादीका एक नेताले भने, ‘एमालेबाट नेम्बाङ राष्ट्रपति बन्ने लाइनमा देखिएका छन्।’

पार्टी राजनीतिमा थप उपलब्धि नदेखेसँगै उनको आँखा राष्ट्रपतिमा परेको हो। यसका लागि नेम्बाङले कांग्रेस र माओवादी दुवै दललाई प्रधानमन्त्री प्रस्ताव गरिरहेका छन्।

देउवा वा प्रचण्ड कोही प्रधानमन्त्री बन्दा एमालेले राष्ट्रपति पाउने नेम्बाङको आकलन छ। एमालेले राष्ट्रपति पाएमा आफूमात्र योग्य रहेको उनले बताउने गरेका छन्।

सभामुख र संविधानसभा अध्यक्षसमेत भइसकेका नेम्बाङलाई ओलीले अघिल्लो कार्यकालमा मन्त्री बन्न आग्रह गरेका थिए। तर नेम्बाङले मन्त्री बन्न रुचाएनन्। पार्टीको उपाध्यक्षसमेत भइसकेकाले अब राष्ट्रपति बनेर सक्रिय राजनीतिबाट बिदा हुने चाहना राखेको नेम्बाङ निकट नेताहरू बताउँछन्।

प्रकाशित: ८ पुष २०७९ १७:३५ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast