श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १४ पुष २०८० १८:५५ | Saturday, December 30, 2023
श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमजीवी वर्गका हकअधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताएका छन्।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले आज आयोजना गरेको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा उनले वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा आफूले श्रम क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए।

उनले प्रभावकारीरूपमा श्रमिकमैत्री नीति र कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री भन्छन्,‘वर्तमान सरकार सबैभन्दा बढी श्रमिकमैत्री छ,देश निर्माणका आधारभूत र निर्णायक शक्तिका रूपमा रहेका श्रमजीवी वर्ग र ट्रेड युनियनले उठाएका सवाललाई यथासम्भव सम्बोधन गर्न क्रियाशील रहनेछु।’

प्रकाशित: १४ पुष २०८० १८:५५ | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast