फाइल तस्बिर
जलेश्वर- महोत्तरीको एकडारा गाउँपालिका-५ स्थित बहेडा गाउँमा रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहामा लगाइएको ती बिरुवा नष्ट गरेको हो।
कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाइछिपाइ गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए।
प्रकाशित: १३ पुष २०८० १२:३१ | Friday, December 29, 2023
प्रतिक्रिया





