पाथीभरामा साढे आठ करोड भेटी संकलन

हिमाल प्रेस १३ पुष २०८० ९:४६ | Friday, December 29, 2023
पाथीभरामा साढे आठ करोड भेटी संकलन

ताप्लेजुङ- ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साढे आठ करोड भेटी संकलन भएको छ। भक्तजनले पाथीभरामा चढाएको भेटी साढे आठ लाख रुपैय‍ाँ संकलन भएको हो।

पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मंसिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार ३३६ भेटी रकम संकलन भएको छ।

पछिल्लो दुई महिना अर्थात् कात्तिक र मंसिरमा मात्र ६८ लाख ११ हजार ११० भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।

संकलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मंसिर मसान्तसम्ममा १० लाख ७० हजार ७८७ खर्च भएको समितिले जनाएको छ।

सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ।

खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार ५४८ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिए।

बैंकमा मुद्दती खातामा ६ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार ४४० रहेको समितिले जानकारी दिएको छ। रासस

प्रकाशित: १३ पुष २०८० ९:४६ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast