कोशी प्रदेशसभामा सञ्चार विधेयक पेस गर्ने तयारी

हिमाल प्रेस ११ पुष २०८० २०:०० | Wednesday, December 27, 2023
कोशी प्रदेशसभामा सञ्चार विधेयक पेस गर्ने तयारी कोशी प्रदेशसभा बैठक। फाइल तस्बिर

इटहरी- कोशी प्रदेश सरकारले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो।

प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताएका छन्। मुख्यमन्त्री केदार कार्कीले हृदय रोग उपचार केन्द्र तत्काल सञ्चालनका लागि कार्यविधि बनाएर काम अगाडि बढाएको बताएका हुन्।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रवक्ता राईले बताए।

यस्तै प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्ने निर्णय गरेको उनले बताएका हुन्।

प्रकाशित: ११ पुष २०८० २०:०० | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast