नेपालले स्वीट्जरल्याडसँग हवाई सम्झौता गर्दै

हिमाल प्रेस ६ पुष २०८० १७:४७ | Friday, December 22, 2023
नेपालले स्वीट्जरल्याडसँग हवाई सम्झौता गर्दै

काठमाडौँ– नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले स्वीट्जरल्याण्डसँग आगामी फेब्रुअरीको पहिलो हप्ता काठमाडौँमा द्विपक्षीय हवाई सेवा सम्झौता हुने गरि तयारी अघि बढेको बताए।

मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि सम्झौताका लागि समन्वय भइरहेको लामिछानेले बताएका छन्। उनले भने, ‘इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताका लागि समन्वय भइरहेको छ, समय तय गर्न बाँकी छ।’

दुवै मुलुकसँगको हवाई सम्झौताका लागि मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ। सरकारले छिट्टै रुससँग पनि हवाई सेवा सम्झौता गर्दैछ। रुससँग पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

तर युरोपियन युनियनलाई नेपालको हवाई सेवालाई सुरक्षाको खतरा सूचीभित्र राखेको छ। यही कारण १० वर्षदेखि नेपालका विमान युरोपको आकाशमा उड्न पाएका छैनन्।यसअघि मंसिर १९ गते नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो। यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको संख्या ४१ पुगेको छ।

प्रकाशित: ६ पुष २०८० १७:४७ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast