राष्ट्र बैंकद्वारा सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदमा दरखास्त आह्वान

हिमाल प्रेस ६ पुष २०८० ६:४६ | Friday, December 22, 2023
राष्ट्र बैंकद्वारा सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदमा दरखास्त आह्वान राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदमा दरखास्त आह्वान गरेको छ।

राष्ट्र बैंकले रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने जनाएको छ। बैंकका अनुसार अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ।

दरखास्त फाराम पेस गर्दा बैंकले तोके नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपालबाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित निकाय वा संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), तोकिएका अन्य कागजात, प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो उल्लेख गर्नुपर्ने छ।

बैंकले झुट्टा विवरण उल्लेख नगर्न पनि आग्रह गरेको छ।

प्रकाशित: ६ पुष २०८० ६:४६ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast