एलपी ग्यासमा स्वचालित मूल्य लागू गर्नुपर्छ : मुख्यसचिव अर्याल

हिमाल प्रेस ५ पुष २०८० १९:५१ | Thursday, December 21, 2023
एलपी ग्यासमा स्वचालित मूल्य लागू गर्नुपर्छ : मुख्यसचिव अर्याल

काठमाडौँ- मुख्यसचिव डा. बैकुण्ठ अर्यालले खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गरिनुपर्ने बताएका छन्। नेपाल एलपी ग्यास उद्योग संघको २४औँ स्थापना दिवसका अवसरमा आज (बिहीबार) आयोजित कार्यक्रममा उनले विविध कारणबाट स्वचालित मूल्य लागू हुन नसकेको भए पनि अब कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।

उपभोक्ता सचेतना अभिवृद्धि गर्न व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अर्यालले ग्यास सिलिन्डरको सुरक्षामा ध्यान दिन व्यवसायीलाई आग्रह गरे। जनचेतना जगाउन सरकार र व्यवसायीले संयुक्त अभियान चलाउनुपर्नेमा उनले जोड दिए। मुख्य सचिव आर्यालले कोरोनाको बेलामा ग्यास अभाव हुन नदिन व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दवाडीले निजी क्षेत्रलाई सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे। उनले उपभोक्ताको हित संरक्षण गर्न र उपभोक्ता सचेतना बढाउन सरकार प्रतिबद्ध रहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यावसायिक प्रयोजनका लागि ठूलो क्षमताका सिलिन्डर प्रयोगमा ल्याउन सहजीकरण गर्न आग्रह गरे।

प्रकाशित: ५ पुष २०८० १९:५१ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast