सरकार गुनासो गर्छ, समस्या समाधान गर्दैन : पूर्वअर्थमन्त्री पौडेल

हिमाल प्रेस ५ पुष २०८० १९:०२ | Thursday, December 21, 2023
सरकार गुनासो गर्छ, समस्या समाधान गर्दैन : पूर्वअर्थमन्त्री पौडेल

लुम्बिनी- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारका कारण ठूला आयोजनाहरू अलपत्र परेको आरोप लगाएका छन्।

रुपन्देही व्यापार संघको आयोजनामा बिहीबार बुटवलमा सुरू भएको लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै नेता पौडेलले सरकार जिम्मेवारीबाट भाग्दा निर्माण पूरा भएका आयोजनाहरू सञ्चालन नभएको र निर्माणधीन आयोजना निकै सुस्त बनेको बताएका हुन्।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुमा सरकार मुख्य दोषी रहेको बताए। ‘भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल कम दुःखले बनाएको होइन, तर आज एयरपोर्ट सरकारकै कारण चल्न सकेको छैन,’ नेता पौडेलले आक्रोश पोख्दै भने, ‘सरकार, मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सचिवले पहल गर्नुपर्ने काम हो। बनेको विमानस्थल चलाउन नसक्ने सरकारले केही गरेर खाँदैन।’

उनले प्रधानमन्त्री, मुख्यमन्त्री र स्थानीय सरकारका जनप्रतिनिधिहरूले काम गर्ने भन्दै गुनासो नगर्न आग्रह गरे। उनले विमानस्थल कुनै पनि हालतमा आफूहरूले चलाउने दाबी गरे। ‘व्यवसायीहरू चिन्ता नलिनुहोस्, हामीले चलाएर छाड्छौँ, आकर्षक विमानस्थलको रूपमा अघि बढाउछौँ,’ उनले भने।

पूर्व अर्थमन्त्री पौडेलले बुटवल-नारायणगढ सडक निर्माणमा पनि चरम ढिलासुस्ती भएको बताए। उनले निर्माण कम्पनीले ढिला सुस्ती र लापरबाही गर्दा सरकारले तमासा हेरेर बसेको आरोप लगाए।

प्रकाशित: ५ पुष २०८० १९:०२ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast