नयाँ शक्ति भनेको माओवादी हो : वर्षमान पुन

हिमाल प्रेस २ पुष २०८० २१:१८ | Monday, December 18, 2023
नयाँ शक्ति भनेको माओवादी हो : वर्षमान पुन वर्षमान पुन। फाइल तस्बिर

मकवानपुर- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गरेका छन्। हेटौँडामा प्रेस सेन्टर मकवानपुरले आज (सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेराबन्दी भएको बताएका हुन्।

यो सरकारले सुशासनका विषयमा धेरै काम गरेको बताउँदै नेता पुनले अब सरकारले गति लिनेमा विश्वास व्यक्त गरे। एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको उल्लेख गर्दै उनले माओवादी पनि त्यही लाइनमा रहेको बताए।

पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वाभाविक रहेको बताउँदै आगामी चौमासिकमा सरकारको गति उच्च रहने तर्क गरे।

प्रकाशित: २ पुष २०८० २१:१८ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast