नेकपा एसको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव पेस

हिमाल प्रेस २ पुष २०८० १८:४५ | Monday, December 18, 2023
नेकपा एसको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव पेस फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा विधान संसोधनसम्बन्धी प्रस्ताव पेस भएको छ। सोमबार पार्टी केन्द्र‍ीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको हो।

पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख, उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन समिति गठन गरेको थियो।

सोही समितिले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए। उनले समितिका तर्फबाट आजको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस भएको र प्रस्तावउपर आज छलफल भएको बताएर उनले प्रस्तावमाथिको छलफल मंगलबारको सचिवालय बैठकमा पनि जारी रहने बताए।

प्रकाशित: २ पुष २०८० १८:४५ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast