प्रस्तावित ६ न्यायाधीशको सुनुवाइ सकियो, बुधबार निर्णय हुने

हिमाल प्रेस २ पुष २०८० १५:२२ | Monday, December 18, 2023
प्रस्तावित ६ न्यायाधीशको सुनुवाइ सकियो, बुधबार निर्णय हुने

काठमाडौँ- सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ। गत मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो।

मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो। सो समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन्।

संसदीय सुनुवाइ सकिएका प्रस्तावित ६ न्यायाधीशमा सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन्।

प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक आउँदो बुधबार (पुस ४ गते)का निम्ति डाकिएको छ। समितिबाट नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ।

प्रकाशित: २ पुष २०८० १५:२२ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast