काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार एक हजार तीन सय रुपैयाँले घटेको हो।
आइतबार छापावाल सुन तोलामा एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी तेजाबी सुन आइतबार एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ।
आइतबार चाँदी भने प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित: १ पुष २०८० ११:३५ | Sunday, December 17, 2023
प्रतिक्रिया



