कस्तो रहला आज मौसम?

हिमाल प्रेस २८ मंसिर २०८० ६:२९ | Thursday, December 14, 2023
कस्तो रहला आज मौसम?

काठमाडौँ- नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सफा रहेको  जनाएकाे छ।

तराईका केही स्थानमा भने हुस्सु तथा कुहिरो लागेको महाशाखाले जनाएको हो।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सफा रहनेछ।

राति उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चिसाे बढ्दै जान थालेकाे भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: २८ मंसिर २०८० ६:२९ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast