अध्यागमन विभागका अधिकृत खड्का पक्राउ

हिमाल प्रेस २७ मंसिर २०८० १३:२६ | Wednesday, December 13, 2023
अध्यागमन विभागका अधिकृत खड्का पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको छ। नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा उनी पक्राउ परेका हुन्।

नक्कली कागजात बनाएर भिजिट भिसामा गएको थाहा भएपछि प्रहरीले भिजिट भिसामा जानेहरूमाथि निगरानी बढाइएरहेको छ। प्रहरीले भिजिट भिसामा जानका लागि नक्कली कागजात बनाउनेहरूसँग सोधपुछ गर्दा खड्का पनस यस प्रकरणमा मुछिएको पाएपछि पक्राउ गरेको जनाएको छ। खड्कासँगै नेपाल वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

यो प्रकरणमा जोडिएका हालसम्म ३२ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रकाशित: २७ मंसिर २०८० १३:२६ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast