जनताको समस्या एमालेले मात्रै सुन्छ : ओली

हिमाल प्रेस २६ मंसिर २०८० १५:५९ | Tuesday, December 12, 2023
जनताको समस्या एमालेले मात्रै सुन्छ : ओली सिन्धुलीको खुर्कोटमा मंगलबार आयोजित कार्यक्रममा स्थानीय नृत्यमा रमाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : ओलीको फेसबुक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या सुन्ने पार्टी एमालेमात्रै भएको दाबी गरेका छन्। एमालेको झुलाघाट-चिवाभन्ज्याङ यात्राअन्तर्गत मंगलबार सिन्धुलीको खुर्कोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या सुन्ने पार्टी एमालेमात्रै रहेको बताए।

उनले जनताको समस्या एमालेले मात्रै समाधान गर्ने दाबी गरे। समृद्ध नेपाल सुखी नेपालीको संकल्प लिएर हिँडिरहेको एमाले दृढ संकल्पका साथ समृद्धिका लागि प्रतिबद्ध रहेको भनाइ उनको छ।

सडक निर्माणदेखि अन्य पूर्वाधार निर्माणमा एमाले नेतृत्वको सरकारले असाधारण काम गरेको ओलीले बताए। ओलीले सुुनकोशी मरिण डाइभर्सनका कारण देखिएका समस्यालाई पनि समाधान गर्दै आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २६ मंसिर २०८० १५:५९ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast