दुई किलो सुन प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ

हिमाल प्रेस २४ मंसिर २०८० १८:३८ | Sunday, December 10, 2023
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ

काठमाडौँ– प्रहरीले रसुवा हुँदै भित्रिएको अवैध २ केजी सुन बरामद प्रकरणमा संलग्न थप एकजना चिनियाँलाई पक्राउ गरेको छ।  काठमाडौं सोह्रखुट्टे बस्ने चिनियाँ २७ वर्षका चेन झिवेइ पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

यसअघि २ केजी सुनसहित रसुवाका ३ जना युवा पक्राउ परेका थिए। काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा चेकपोष्टमा रसुवाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा स्कोर्पियोमा यसअघि बिरु तामाङसहित ३ जना पक्राउ परेका थिए।

सुन रसुवा नाका हुँदै नेपाल भित्रिएको र नेपालको आन्तरिक बजारमै खपत हुने गरी काठमाडौँ ल्याएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। त्यसवेला फरार रहेका चिनियाँ २७ वर्षीय चेन जीवेईलाई अहिले पक्राउ गरिएको हो। प्रहरीले चेनमाथि थप अनुसन्धान तथा कारवाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसर पठाइएको जनाएको छ।

तस्करीको दुई किलो सुनसहित तीन जना पक्राउ

प्रकाशित: २४ मंसिर २०८० १८:३८ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast