इटहरीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हिमाल प्रेस १४ मंसिर २०८० ६:५२ | Thursday, November 30, 2023
इटहरीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय रविन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

खड्का बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा हात्तीको आक्रमणमा परेका हुन्।

हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्।

प्रकाशित: १४ मंसिर २०८० ६:५२ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast