नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने

हिमाल प्रेस १३ मंसिर २०८० १९:३१ | Wednesday, November 29, 2023
नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने

काठमाडौँ- नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने भएको छ। प्रतियोगिताका लागि मंसिर २१ सम्म फोटो पठाइसक्नुपर्ने सेनाले जनाएको छ। फोटो photo.nepalarmy.mil.np मा पठाउनुपर्नेछ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार तालिम, खेलकुद, सैनिक अपरेसनल गतिविधि, नागरिक सेना सहकार्यलगायत विधामा फोटो प्रतियोगिता गरिनेछ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३५ हजार, तृतीयले २५ हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने सेनाले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०८० १९:३१ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast