विपिनकाे रिहाइका लागि परराष्ट्रमन्त्री साउद कतार जाने

हिमाल प्रेस १३ मंसिर २०८० १५:५७
8
SHARES
विपिनकाे रिहाइका लागि परराष्ट्रमन्त्री साउद कतार जाने विपिनका बाबुआमासँग परराष्ट्रमन्त्री साउद।

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद हमासकाे बन्धकमा रहेका कञ्चनपुरका विपिन जाेशीकाे रिहाइका लागि कतार भ्रमणमा जाने भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन्।

यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा विपिनकाे रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।

त्यसअघि मंसिर ७ गते (बिहीबार) परराष्ट्रमन्त्री जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।  परराष्ट्रमन्त्री साउदले आज गृहजिल्ला कञ्चनपुरकाे सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुबाआमासँग पनि भेट गरेका छन्।

कतार बसाइँका क्रममा परराष्ट्रमन्त्री साउद दोहा २१ औं फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।

प्रकाशित: १३ मंसिर २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast