पोखरामा जुवाखालबाट १६ जुवाडे पक्राउ

हिमाल प्रेस १२ मंसिर २०८० १४:०३ | Tuesday, November 28, 2023
पोखरामा जुवाखालबाट १६ जुवाडे पक्राउ फाइल तस्बिर

पोखरा- कास्की प्रहरीले गएराति पोखराबाट १६ जना जुवाडे पक्राउ गरेको छ। पोखरा २१, निर्मलपोखरी मैदानमा जुवा खेलिरहेको सूचना आधारमा खटिएको प्रहरी टोलीले गएराति साढे १ बजे जुवाखालबाट ५ लाख ५ हजारसहित १६ जना जुवाडे पक्राउ गरी अनुसन्धान थालेको छ।

कौडा खेलेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा पोखरा ३३, भरतपोखरीका ३८ वर्षीय सन्तोष गुरुङ, ४६ वर्षीय राम केसी, वर्ष ३३ का रामचन्द्र आचार्य, पोखरा ६ का ३६ वर्षीय सञ्जीव अधिकारी, वर्ष ४० का राम ढकाल, वर्ष ६४ का वीरबहादुर लामिछाने, वर्ष ४० का मोहनबहादुर गुरुङ पक्राउ परेका छन्।

यस्तै, वडा १७ बिरौटाका ४० वर्षीय प्रकाश पोख्रेल, वर्ष ४० का जीवन शाही, वर्ष ४६ का कृष्णप्रसाद भण्डारी, वर्ष ३० का कुमार भण्डारी, वर्ष ३८ का गौतम गुरुङ, वर्ष ४८ का होमबहादुर रानाभाट, पोखरा २१ कृस्तीका वर्ष ४० का टंकबहादुर कार्की, वर्ष २३ का अनिष श्रेष्ठ र पोखरा १० अमरसिंहका वर्ष ६३ का मीनबहादुर बरुवाल पक्राउ परेका हुन्।

प्रकाशित: १२ मंसिर २०८० १४:०३ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast