योगेश भट्टराईको गाडीमा ढुंगा प्रहार

हिमाल प्रेस १० मंसिर २०८० १७:५६ | Sunday, November 26, 2023
योगेश भट्टराईको गाडीमा ढुंगा प्रहार

काठमाडौँ- नेकपा एमाले सचिव योगेश भट्टराईको गाडीमा आइतबार ढुंगा प्रहार भएको छ। भट्टराई सवार प्रदेश-२-०१-००१ च ००४० नम्बरको गाडीमा ताप्लेजुङको फुङलिङमा ढुंगा प्रहार भएको हो।

ढुंगा प्रहारबाट गाडीको सिसा चर्किएको ताप्लेजुङ प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुंलेलीले जानकारी दिए। पहिचानवादीहरूले ढुंगा प्रहार गरेको उनको भनाइ छ।

उनले गाडी तोडफोड गर्नेहरूको खोजी भइरहेको बताए। चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ जिल्ला कमिटीले चियापानको आयोजना गरेको थियो। कार्यक्रम सकेर फर्कने क्रममा गाडीमा ढुंगा प्रहार भएको हो।

चियापानमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरू उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बो पनि सहभागी थिए। खास गरी तत्कालीन प्रदेश १ को नाम एमाले सरकारको नेतृत्वमा कोशी राखिएको विषयमा असन्तुष्ट जनाउँदै आएका पहिचान पक्षधरहरू आन्दोलित छन्।

यसअघि उक्त क्षेत्रमा माओवादीका इन्द्र आङ्बो लगायतका नेतामाथि पनि आक्रमणको प्रयास भएको थियो।

प्रकाशित: १० मंसिर २०८० १७:५६ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast