कालीगण्डकीमा हामफालेका एक व्यक्तिको उद्धार

हिमाल प्रेस १० मंसिर २०८० १४:५५ | Sunday, November 26, 2023
कालीगण्डकीमा हामफालेका एक व्यक्तिको उद्धार

काठमाडौँ- पाल्पामा कालीगण्डकी नदीमा हामफालेका एक व्यक्तिलाई प्रहरीले बचाएको छ। पाल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार जिल्लाकै माथागढी गाउँपालिका–३, खहरे बस्ने २३ वर्षीय पदम विक शनिबार साँझ पौने ६ बजेतिर बगनासकाली गाउँपालिका–५ राम्दीस्थित कालीगण्डकी नदीमा हाम फालेका थिए।

खबर पाउनासाथ प्रहरी चौकी (राम्दी) बाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरेको हो। उनलाई प्रहरी चौकीमा ल्याई आफन्तको जिम्मा लगाइएको र उनले किन नदीमा हामफाले भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

प्रकाशित: १० मंसिर २०८० १४:५५ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast