ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक

हिमाल प्रेस ८ मंसिर २०८० १४:०७ | Friday, November 24, 2023
ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो। आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस, २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मानपत्र प्रदान गरेका थिए। ग्लोबल आइएमई बैंक विभिन्न सूचकमा नेपालको ठूलो बैंकको रूपमा स्थापित छ। हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।

सन् २००७ मा वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार सुरु गरेको ग्लोबल आइएमई बैंकले आफ्नो यात्रामा २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गरेको छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकसमेत हो। यसका ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा हित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत छन्।

प्रकाशित: ८ मंसिर २०८० १४:०७ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast