दुर्गा प्रसाई भन्छन्- मर्न तयार छु, आन्दोलन रोकिँदैन

हिमाल प्रेस ७ मंसिर २०८० १३:५४ | Thursday, November 23, 2023
दुर्गा प्रसाई भन्छन्- मर्न तयार छु, आन्दोलन रोकिँदैन बल्खुमा प्रसाई समर्थक।

काठमाडौँ– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ का संयोजक दुर्गा प्रसाईले आफू मर्न तयार रहेको तर देशका लागि आन्दोलन जारी राख्ने बताएका छन्। उनले बिहीबार राजधानीको बल्खुमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै भने, ‘म मर्न तयार छु तर देशका लागि आन्दोलन नछाडे हो।’ प्रसाईले राजनीतिक दलका नेताहरूले नेपाललाई नेताले तस्करीको देश बनाएको आरोप लगाए।

यसैगरी प्रसाईले नेकपा एमाले आफूसँग एक्लै भिड्न आएको बताए। उनले भने, ‘एमाले मँसग एक्लै भिडेको छ। महेश बस्नेत मारवाडीको पैसा खाएर आएका छन्।’ प्रसाईले अब सिंहदरबार कब्जा गर्नुपर्ने दिन आएको पनि बताए। उनले भने, ‘सबै जना तयार हुनुहोस्। अब जनता अगाडि बढ्नुहोस्।’

प्रसाईले अब नेपालमा नयाँ राजनीतिक व्यवस्था आउने दाबी पनि गरे। उनले आफूहरूले बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा धेरै जनसहभागिता हुने थाहा पाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजधानीबाट भागेको आरोप लगाए। अध्यक्ष ओली पोखरामा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन बिहीबार बिहान त्यसतर्फ लागेका छन्।

प्रसाई समूहले गरेको प्रदर्शनमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीसहित राजावादीहरू पुगेका छन्।

प्रकाशित: ७ मंसिर २०८० १३:५४ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast