यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

हिमाल प्रेस ७ मंसिर २०८० ११:२९ | Thursday, November 23, 2023
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ- सरकारले स्वीजरल्यान्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रका लागि दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान स्वीकृत गर्नेलगायतको निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै आजको बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कन्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ। सुन तस्करको जाँचबुझ आयोगको माग अनुसार चार जना प्राविधिकसहितका जनशक्ति थप गर्न पनि आजको बैठकले स्वीकृत गरेको छ। त्यस्तै ऊर्जासचिव दिनेशकुमार घिमिरेले पदावधी सकिनुभन्दा एक महिना अगाडि दिएको राजीनामा पनि स्वीकृत भएको छ।

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा कात्तिक २४ गतेबाट नै लागू हुने गरी आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

प्रकाशित: ७ मंसिर २०८० ११:२९ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast