काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बुधबार मसाल जुलुस निकालेका छन्।
मंसिर ७ गते बुधबार गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा जुलुस निकालिएको हो। राष्ट्रिय युवा संघ नेपालले तीनकुनेमा हुने प्रदर्शनलाई युवा-विद्यार्थी विशेष कार्यक्रम भनेको छ।
दुर्गा प्रसाईंले भोलि (बुधबार) काठमाडौँमा प्रदर्शन गर्न लागेपछि युवा संघले पनि सोही दिन कार्यक्रम जुधाएको थियो। प्रशासनले सम्भावित दुर्घटना टार्न प्रसाईंलाई बल्खु र युवा संघलाई तीनकुनेमा कार्यक्रम गर्न भनेको छ।
प्रकाशित: ६ मंसिर २०८० २०:३६
प्रतिक्रिया