महेन्द्र र गंगाको बरन्डामा गोप्य भेट

माओवादीसँग एकता गर्न बाबुराम सकारात्मक

हिमाल प्रेस ५ मंसिर २०८० १३:२०
38
SHARES
माओवादीसँग एकता गर्न बाबुराम सकारात्मक नेसपा नेता महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ। फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गंगानारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्न अध्यक्ष डा. बाबुराम भट्टराई सकारात्मक भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा मंगलबार सहअध्यक्ष श्रेष्ठले पार्टी एकता गर्न भट्टराई सकारात्मक रहेको बताएका हुन्।

माओवादी केन्द्रसँग पार्टी एकतामा सहमति जुटेको हो भन्ने हिमाल प्रेसको प्रश्नमा सहअध्यक्ष श्रेष्ठले भने, ‘माओवादी केन्द्रसँग पार्टी एकता गर्न अध्यक्ष डा.बाबुराम भट्टराई सकारात्मक हुनुहुन्छ। सकारात्मक माहोल बनेकैले पदाधिकारी बैठक बसेको हो। वातावरण सहज छ। पार्टी एकता संयोजन समिति बन्छ र त्यसले बाँकी काम गर्छ।’

उनले नेसपाले माओवादीलाई पठाएको रुपान्तरणसहितको पत्रमा ‘करिब’ सहमति जुटेको पनि बताए।

यसअघि अध्यक्ष भट्टराईले भने विचार मिल्ने जुनसुकै दलसँग समाजवादी ध्रुवीकरण/एकता हुने बताएका थिए।

महेन्द्र र गंगाको बरन्डामा गोप्य भेट

माओवादी केन्द्रसँग पार्टी एकताको वातावरण बनाउँदै आएका अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष श्रेष्ठबीच पार्टी केन्द्रीय कार्यालयको बरन्डामा गोप्य भेटवार्ता भयो।

केही मिनेट यादव र श्रेष्ठले कुराकानी गरे। दुई नेता त्यसरी कुराकानी गरिरहँदा भट्टराई भने भित्र कोठामा थिए। यादव संघीय सरकारको खानेपानीमन्त्री र श्रेष्ठ बागमती प्रदेश सरकारका कानुनमन्त्री एवं प्रवक्ता हुन्।

प्रकाशित: ५ मंसिर २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast