अर्थतन्त्र थप चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग सुझाव लिने

हिमाल प्रेस ५ मंसिर २०८० ६:४१ | Tuesday, November 21, 2023
अर्थतन्त्र थप चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग सुझाव लिने

काठमाडौँ- मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले आज निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ ।

अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए।

यही विषयमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

हिजोको बैठकमा देशको अर्थतन्त्रबारे आफूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेको महतले बताए।

प्रकाशित: ५ मंसिर २०८० ६:४१ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast