भूकम्पपीडितको आवास निर्माणका लागि पहिलो किस्ता निकासा

हिमाल प्रेस ४ मंसिर २०८० १६:५१ | Monday, November 20, 2023
भूकम्पपीडितको आवास निर्माणका लागि पहिलो किस्ता निकासा फाइल तस्बिर

काठमाडौँ– भूकम्प पीडितका लागि अस्थायी अवास बनाउन सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरिएको जानकारी दिए।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ को निर्णयबाट स्वीकृत भएको ‘भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८०’ अनुसार यसरी रकम निकासा गरिएको हो।

प्रकाशित: ४ मंसिर २०८० १६:५१ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast