इलाममा विद्यार्थी बोकेको बसका यात्रुको खुल्यो पहिचान

हिमाल प्रेस ४ मंसिर २०८० ७:०८ | Monday, November 20, 2023
इलाममा विद्यार्थी बोकेको बसका यात्रुको खुल्यो पहिचान

इटहरी-
इलामको रोङ गाउँपालिकामा बस दुर्घटनाका मृतक र घाइतेको सनाखत भएको छ। आइतबार बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक वासुदेव खतिवडाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका ९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेका छन् । धनुषाको धारापानीबाट शैक्षिक भ्रमणगरी कन्यामबाट फर्किनेक्रममा ना ६ ख ८४२४ नम्बरको बस आइतबार सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका २० वर्षीया गणेशकुमारी मोक्तान, ११ वर्षीया समीक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, २ वर्षीया स्नेहरिका लामा र ९ वर्षीया रिजा लामा घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै, ११ वर्षीया काजल नायक, १४ वर्षीया निकिसा मोक्तान, ११ वर्षीया रितु लामा, ४० वर्षीया सुनमाया लामा, २० वर्षीया कविता घिसिङ, १३ वर्षीया सौगात लामा, १४ वर्षीया वर्षा तामाङ, १५ वर्षीय सिद्धार्थ तामाङ, १७ वर्षीया स्वेच्छा लोप्चान, १२ वर्षीया बिबिसा मोक्तान, १५ वर्षीया रोजिना तामाङ र २८ वर्षीया कल्पनाकुमारी लामा, ३१ वर्षीया शान्ता पाख्रिन, १८ वर्षीया सन्ध्या मोक्तान, ४० वर्षीया तुल्मा लामा, ३५ वर्षीया मनवती लामा, ३० वर्षीया ज्ञानु लामा, १८ वर्षीया प्रतीक्षा लामा, ४५ वर्षीया लालकुमारी घाइते भएका छन् ।

यस्तै, १५ वर्षीय करण मोक्तान, १६ वर्षीया कुसुम घिसिङ र ६० वर्षीया शान्तामाया तामाङ, ३५ वर्षीय अनिल परियार, ३० वर्षीया रचना घिसिङ, ३५ वर्षीय सञ्जीव तामाङ, १८ वर्षीया रेणु घिसिङ र १६ वर्षीया समीक्षा लामा घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र खतरामुक्त रहेको एसपी खतिवडाले जानकारी दिए । दुर्घटनालगत्तै प्रहरीले ३० भन्दाबढीको उद्धार गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित: ४ मंसिर २०८० ७:०८ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast