धनगढीमा विद्युत् सर्ट भएर आगलागी

हिमाल प्रेस २ मंसिर २०८० ७:५२ | Saturday, November 18, 2023
धनगढीमा विद्युत् सर्ट भएर आगलागी

धनगढी- धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ।
खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति १ बजे आगलागी भएको प्रहरीले जनाएको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत् सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए।

एसपी पालले धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए।

आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ। क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८० ७:५२ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast