धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु

हिमाल प्रेस २२ असार २०८३ ७:३१ | Monday, July 6, 2026
2
SHARE
धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु

काठमाडौँ- धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको छ।

आइतबार राति कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–४ का ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा राति करिब पौने ११ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल चालक गौतम ऐर भने दुर्घटनाबाट सकुशल रहेका छन्।

दुर्घटनापछि ठक्कर दिने भारतीय नम्बर प्लेटको गाडी र चालक घटनास्थलबाट फरार भएका छन्। फरार गाडी र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ असार २०८३ ७:३१ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast