ललितपुरको ताखेलमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

हिमाल प्रेस २९ कार्तिक २०८० ९:२६ | Wednesday, November 15, 2023
ललितपुरको ताखेलमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौँ- ललितपुरको ताखेलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–१० ताखेल चोकमा साँझ ६ ४० मा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।

मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको रूखमा ठोक्किँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय राम माझी र २५ वर्षीय विजय माझीको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका वृत्त प्रहरी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

दुर्घटनापछि गम्भीर घाइते उनीहरूलाई पाटन अस्पताल लगिएको थियो। चिकित्सकले दुवैलाई मृत घोषणा गरे। उनीहरूको शव अहिले पाटन अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २९ कार्तिक २०८० ९:२६ | Wednesday, November 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast