विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

हिमाल प्रेस २७ कार्तिक २०८० ७:०८ | Monday, November 13, 2023
विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

सुर्खेत- कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ६७ विद्यार्थीको मृत्यु भएको छ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार​भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको हो। सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको मन्त्रालयका शिक्षा अधिकृत बलबीर सुनारले जानकारी दिए।

३६ रुकुमपश्चिम र ३५ जाजरकोटका गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको उनले । भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुमपश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।

भूकम्पले ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ। मन्त्रालयका अनुसार भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार ६८७ जनामध्ये ४० हजार ११० विद्यार्थी प्रभावित भएका छन्।

सुनारका अनुसार जाजरकोटमा ७५ हजार ८५३ विद्यार्थीमध्ये २२ हजार ७५९ र रुकुमपश्चिममा ५७ हजार ८३४ विद्यार्थीमध्ये १७ हजार तीन सय ५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिए।

जाजरकोटमा ४२३ र रुकुम पश्चिममा ३१३ गरी ७३६ विद्यालयमध्ये २०८ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् भने ४१८ विद्यालय आंशिक रूपमा क्षति भएको जनाइएको छ।

जाजरकोटका धेरै विद्यालयमा क्षति भएको छ। जाजरकोटमा मात्रै १७३ पूर्ण रूपमा र ४०८ विद्यालय आंशिक रूपमा क्षति भएका छन् । त्यसैगरी रुकुमपश्चिममा ३५ पूर्ण र १० विद्यालय आंशिक रूपमा क्षति भएका छन्।

प्रकाशित: २७ कार्तिक २०८० ७:०८ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast