बल्खुमा एक पुरुष मृत फेला

हिमाल प्रेस २६ कार्तिक २०८० १९:२५ | Sunday, November 12, 2023
बल्खुमा एक पुरुष मृत फेला प्रतीकात्मक तस्बिर।

काठमाडौँ-  काठमाडौँ महानगरपालिका-१४, बल्खुस्थित सुकुमबासी वस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका-१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज (आइतबार) मृत अवस्थामा फेला पारेको छ।

यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ। नुहाउने क्रममा उनी डुबेका हुन्। तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २६ कार्तिक २०८० १९:२५ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast