फाइल तस्बिर
काठमाडौँ- जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घाइते नगरप्रहरीको मृत्यु भएको छ। रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१, का २६ वर्षीय निरज विष्टको शुक्रबार उपचारको क्रममा मृत्यु भएको हो। उनी चौरजहारी नगरपालिकामा नगरप्रहरीको रुपमा कार्यरत थिए।
उनको उपचारका क्रममा आज बिहान ८ बजेर ४५ मिनेटमा प्रदेश अस्पताल कालाकागाउँ सुर्खेतमा मृत्यु भएको हो। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो।
यससँगै जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५४ जना पुगेको छ। मृतकहरू १०१ जाजरकोटका र ५३ जना रुकुमपश्चिका छन्।
प्रकाशित: २४ कार्तिक २०८० १६:२२ | Friday, November 10, 2023
प्रतिक्रिया





