केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका दुई कैदी पक्राउ

हिमाल प्रेस १ मंसिर २०८३ ६:४१ | Tuesday, November 17, 2026
6
SHARES
केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका दुई कैदी पक्राउ

काठमाडौँ- केन्द्रीय कारागार सुन्धारा काठमाडौंबाट फरार भएका दुईजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू २०८२ भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए ।

फरार कैदीबन्दीको खोजतलास गर्ने क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनःकेन्द्रीय कारागार सुन्धारा पठाइएको प्रवक्ता थापाले बताए । रासस

प्रकाशित: १ मंसिर २०८३ ६:४१ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast