कति छ विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस २९ असोज २०८३ ६:४२ | Thursday, October 15, 2026
कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।

हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश मुद्राको विनिमयदर उच्च दरमा घटेको थियो। अमेरिकी डलर, युरो, कुवेती र बहराइनसहितका मुद्राको भाउ आज थप घटेको हो।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६रुपैयाँ ९५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६रुपैयाँ ५२ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ १० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४९ पैसा थियो।

प्रकाशित: २९ असोज २०८३ ६:४२ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast