प्रतिपक्षीले सत्तालाई प्रश्न गरेपछि प्रधानमन्त्रीको व्यंग्य : धन्न खुलामन्च बनाइएछ र गाली गर्न पाए

हिमाल प्रेस १९ असोज २०८३ ६:२७ | Monday, October 5, 2026
प्रतिपक्षीले सत्तालाई प्रश्न गरेपछि प्रधानमन्त्रीको व्यंग्य : धन्न खुलामन्च बनाइएछ र गाली गर्न पाए प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनमा आफ्नो आलोचना भएपछि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्। उनको यो टिप्पणी कांग्रेस सभापति गगन थापा लक्षित रहेको बुझिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौँको खुला मञ्चमा उद्घाटन भएको थियो। उद्घाटन समारोहमा कांग्रेस सभापति थापाले संसद् खुला हुनुपर्ने धारणा राखेका थिए। उनले प्रधानमन्त्री शाह संसद्‌मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए।

 

प्रकाशित: १९ असोज २०८३ ६:२७ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast