काठमाडौँ- यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको छ। गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा बेल्जियमले टर्कीमाथि ३–० गोलको जित हात पारेको हो।
बेल्जियमका लागि केभिन डी ब्रयनाले दुई तथा रोमेलु लुकाकुले एक गोल गरेका थिए। खेलको १०औँ मिनेटमा ब्रुयनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ५९औँ मिनेटमा ब्रुयनाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिए। त्यसपछि खेलको ७६औँ मिनेटमा लुकाकुले गरेको गोलसँगै बेल्जियम ३–० गोलले विजयी भयो।
यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको बेल्जियम समूह ए को दोस्रो स्थानमा रहेको छ। पराजित भएको टर्की अंक विहीन हुँदै चौथो स्थानमा छ। पहिलो स्थानमा रहेको फ्रान्सको समान खेलबाट ७ अंक छ।
प्रकाशित: १७ असोज २०८३ ८:०६ | Saturday, October 3, 2026
प्रतिक्रिया



