देवघाटदेखि मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

हिमाल प्रेस ३ कार्तिक २०८३ ५:५८ | Tuesday, October 20, 2026
8
SHARES
देवघाटदेखि मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

काठमाडौँ-चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ। करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो। ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ।

कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ। अब देवघाटबाट समेत मौलाकालिका पुग्न सकिने गरी नयाँ केबलकार परियोजना अघि बढाइएको हो।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देवघाट र मौलाकालिकालाई जोड्ने केबलकार परियोजनाको काम अगाडि बढेको बताए। उनका अनुसार परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढिरहेको छ।

अध्यक्ष ढकालले परियोजना सञ्चालनमा आएपछि देवघाट र मौलाकालिका क्षेत्रबीचको धार्मिक तथा पर्यटकीय आवागमन बढ्ने विश्वास गरिएको छ। देवघाट र मौलाकालिका दुवै धार्मिक आस्थाका महत्त्वपूर्ण केन्द्र हुन्। रासस

 

प्रकाशित: ३ कार्तिक २०८३ ५:५८ | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast