गगन भेटेर मिनेन्द्र रिजालले भने : म उपसभापति पदबाट उम्मेदवारी फिर्ता लिन्छु

हिमाल प्रेस २१ असोज २०८३ ८:१५ | Wednesday, October 7, 2026
गगन भेटेर मिनेन्द्र रिजालले भने : म उपसभापति पदबाट उम्मेदवारी फिर्ता लिन्छु

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्। सभापति गगन थापासँग भएको भेटमा उनले उपसभापति फिर्ता लिने सहमति बनेको हो।

सभापति थापाले डा. रिजाललाई उपसभापतिको उम्मेदवारी नबन्न आग्रह गरेका थिए। सँगै सभापति थापाले महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन समेत दिएपछि रिजाल उम्मेदवारी फिर्ता गर्न सहमत भएका हुन्। डा. रिजालले सभापति थापासँग भएको भेट र उम्मेदवारी फिर्ता प्रसंगको कुराकानीको भिडियो समेत आफ्नो फेसबुक पेजमा राखेका छन्।

ठकुरीका अनुसार महाधिवेशनपछि उचित पदमा व्यवस्थापन गर्ने आश्वासन सभापति थापाले रिजाललाई दिएका छन्।

प्रकाशित: २१ असोज २०८३ ८:१५ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast