कृषि जेटिए पढेपछि फूलखेतीमा लागिन् मेघा, परम्परागत खेतीभन्दा दोब्बर आम्दानी

हिमाल प्रेस १३ कार्तिक २०८३ ९:२५ | Friday, October 30, 2026
6
SHARES
कृषि जेटिए पढेपछि फूलखेतीमा लागिन् मेघा, परम्परागत खेतीभन्दा दोब्बर आम्दानी

कञ्चनपुर- फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ की मेघा रावल पुष्प व्यवसायमा लागेकी छन्।

आफ्नै चार कट्ठा जग्गामा उनले सयपत्रीका दुई हजार ४०० बोट फूल रोपेकी छन्। कृषि जेटिए अध्ययनपछि उनले फूलखेतीमा राम्रो सम्भावना देखेर यस व्यवसायमा लागेको बताइन्।

‘तीनवर्षे कृषि जेटिए अध्ययनपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले फूलखेतीमा लागेँ’, रावलले भनिन्,‘बजारमा फूलको माग र सम्भावना देखेर नै मलाई यसतर्फ आकर्षित गरेको हो।’

तिहारलगायत चाडपर्वमा फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उनको अपेक्षा छ। ‘विभिन्न चाडपर्व र धार्मिक तथा सांस्कृतिक कार्यक्रममा फूलको माग बढिरहेको छ’, उनले भनिन्।

उनले बाहिरबाट आयात गर्नुको साटो आफ्नै ठाउँमा उत्पादन गरेर आम्दानी गर्न सकिने बताइन्।

पछिल्लो समय विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह र अन्य समारोहमा फूलको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन थालेको छ।

परम्परागत खेतीभन्दा फूलखेतीमा दुई गुणा बढी आम्दानी हुने उनको भनाइ छ। ‘यसपटक फूलको माग र बजार हेरेर अर्को वर्ष फूलखेती विस्तार गर्ने योजना छ’, रावलले भनिन्,‘आफूले सैद्धान्तिक रूपमा सिकेको सीप प्रयोगमा ल्याउने र आत्मनिर्भर बन्न खेतीले सहयोग गर्छ।’

प्रकाशित: १३ कार्तिक २०८३ ९:२५ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast