कहिले आउँछ पूजा शर्मा र विजय बरालको ‘रत्यौली’?

हिमाल प्रेस २० भदौ २०८३ ८:५८ | Saturday, September 5, 2026
कहिले आउँछ पूजा शर्मा र विजय बरालको ‘रत्यौली’?

काठमाडौँ-  नायिका पूजा शर्मा र नायक विजय बरालको अभियन रहने फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ। मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्मको गत मंगलवार पशुपति क्षेत्रमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

फिल्ममा विजय र पूजाका अलावा लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती, कल्पना थापा लगायतका कलाकारको अभिनय रहनेछ।

नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्मका निर्माता सुरज आचार्य हुन् । हरि हुमागाँई र उत्तम हुमागाँइको डीओपी रहने चलचित्रका मुख्य सहायक निर्देशक सुनिल निउरे हुन् । दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ । नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई मुख्य केन्द्रमा राखेर तयार हुन लागेको यो चलचित्र फागुनको २१ गतेबाट रिलिज गरिने घोषणा निर्माणपक्षले गरिसकेको छ ।

प्रकाशित: २० भदौ २०८३ ८:५८ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast