कति छ विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस २३ भदौ २०८३ ६:३३ | Tuesday, September 8, 2026
कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। विगत चार दिनदेखि अमेरिकी डलरको विनिमयदर यही मूल्यमा स्थिर छ। आज युरो १ को खरिददर १७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ०३ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ २२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९२ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८४ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ६६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ४२ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ १९ र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। विगत चार दिनदेखि बहराइन दिनारको विनिमयदर पनि यही मूल्यमा स्थिर छ।

त्यसैगरी आज स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

त्यसैगरी आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम भएको छ।

त्यसैगरी आज थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २१ पैसा र बिक्रीदर ११ रुपैयाँ २६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४६ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तोकिएको छ।

त्यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

 

प्रकाशित: २३ भदौ २०८३ ६:३३ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast