कृष्णभीर क्षेत्रमा अझै त्रिशूली सडक अवरुद्ध, रसुवा पुग्ने मुख्य राजमार्ग सबै ठप्प [तालिकासहित]

हिमाल प्रेस ३० भदौ २०८३ ७:३० | Tuesday, September 15, 2026
कृष्णभीर क्षेत्रमा अझै त्रिशूली सडक अवरुद्ध, रसुवा पुग्ने मुख्य राजमार्ग सबै ठप्प [तालिकासहित]

काठमाडौँ- देशका प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छ।

बागमती प्रदेशमा काभ्रे, रसुवा, नुवाकोट, धादिङ र चितवनका सडकखण्ड प्रभावित छन्। काभ्रेमा सम्भावित बाढीका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारी साधन प्रभावित भएका छन्। उक्त सडकखण्डमा सूचना नभएसम्मका लागि आवागमन रोकिएको जनाइएको छ।

रसुवामा मुख्य राजमार्ग सबै बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटमा टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिम रहेकाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै विदुर नगरपालिका–१० सिमटारस्थित पासाङ ल्हामु सडकखण्डमा पनि यातायात पूर्ण रूपमा अवरुद्ध छ।

धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ। सोही गाउँपालिकाको वडा नं। १० ज्वालामुखी तथा पृथ्वीराजमार्गको शीतलबजार क्षेत्रमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

चितवनको तुइनखोला, नारायणगढ–मुग्लिन सडकखण्डमा सडक मर्मतका कारण गाडीको चाप हेरी एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

यस्तै, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ धारापानीस्थित चामे–बेँसीसहर सडकखण्डमा सानो सवारी साधन मात्र सञ्चालन भइरहेको छ।

कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ स्थित कर्णाली करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

प्रकाशित: ३० भदौ २०८३ ७:३० | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast