काठमाडौँ- चीन सरकारका तर्फबाट नेपालका लागि पठाइएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप काठमाडौँ आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको विशेष ढुवानी विमानमार्फत उक्त राहत सामग्री काठमाडौँ ल्याइएको हो।
राहत सामग्रीसँगै चीनबाट नेपाल आएका विज्ञहरूको चौथो टोलीका रूपमा १० जना फरेन्सिक विज्ञहरूसमेत सोही उडानमार्फत काठमाडौँ आइपुगेका छन्।
काठमाडौँमा आयोजित एक विशेष समारोहका बिच उक्त राहत सामग्री औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको सहभागिता रहेको थियो।
प्रकाशित: १८ भदौ २०८३ १५:५३ | Thursday, September 3, 2026
प्रतिक्रिया


